जनसभामा ओलीले लगाए नारा : ‘अस्थिरता होइन, चुनाव चाहियो, चाहियो’

Halesi Khabar
0 Shares

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटीमा आयोजित जनसभामा मन्तव्यकै क्रममा नारा लगाउनुभएको छ । जनसभामा बोल्दै गर्दा उहाँले देशमा अस्थिरता फैलाउन खोज्नेहरु सक्रिय रहेको भन्नुहुँदै उहाँले त्यसको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अस्थिरता होइन, चुनाव चाहियो, चाहियो ।’ ओलीकै लयमै जनसभामा उपस्थित भएकाहरुले पनि भने, ‘अस्थिरता होइन, चुनाव चाहियो, चाहियो ।’

‘अब त सबैले सुन्यो होला’ नारा लगाएपछि उहाँले भन्नुभयो, ‘उहाँहरुले जस्तो हामी धम्की दिँदैनौं ।’ उहाँले प्रचण्ड–नेपाल समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याएको आरोप पनि लगाउनुभयो ।

‘निर्वाचन आयोगमा गएर निर्वाचन नगर भन्ने, निर्वाचन भयो भने देश संकटमा पर्छ रे ।’ उहाँले अब देश चुनावतर्फ गएको बताउँदै चुनावले कसको सरकार बन्नुपर्छ भन्ने कुराको निर्क्योल गर्ने दावी गर्नुभयोे ।

तपाईको प्रतिक्रिया