संवैधानिक आयोगमा नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश

Halesi Khabar
0 Shares

काठमाडौँ, २३ माघ । संवैधानिक आयोगहरुमा भएको नियुक्तिबारे सरकारका नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रारम्भिक सुनुवाई भएको हो ।

इजलासले सरकारलाई १५ दिनभित्र लिखित जवाफ दिन भनेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संविधानको प्रतिकूल हुने गरी संवैधानिक परिषदको बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक भएको दावीसहित रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया