काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली प्रवृत्ति परास्त गर्नुपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय सदस्य बहुमत आफ्नो पक्षमा भएको भन्नुहुँदै अध्यक्ष नेपालले ओलीलाई अर्को पार्टी खोल्न सुझाव दिनुभयो ।
‘प्रधानमन्त्री ओलीले नेकपा भनेर हिँडिरन सुहाउँदैन’ उहाँले भन्नुभयो, ‘अब ओलीले नेकपा (ओली) खोले हुन्छ ।’
एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद बैठकमा बोल्दै उहाँले ओलीका मान्छेलाई नौँटङ्की गर्न मात्र आउने भन्नुहुँदै कटाक्ष गर्नुभयो । ओलीका कारण परिवर्तनका एजेण्डा समस्यामा परेको भन्दै उहाँले एजेण्डाको रक्षाका लागि सबै एकजुट हुन आव्हान गर्नुभयो ।