खोटाङ । अखिल नेपाल महिला संघ खोटाङले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गरेको छ । ं निवर्तमान संविधानसभा सांसद झाँक्रीले सार्वजनिकरुपमा आपत्तीजनक अभिव्यक्ती दिएको भन्दै अनेमसंघ (ओली समुह)ले बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउदै पक्राउ गरी प्रचलित कानून बमोजिम हदैसम्मको सजाय गर्न माग राखेका हुन ।
राष्ट्रपती विद्यादेवी भण्डारीको चारित्र हत्या गर्दै विभिन्न लाञ्छना लगाउने, गाली बेइज्जती गरी व्यक्तीगत, पारिवारिक तथा राष्ट्रपती पदकै प्रतिष्ठामा धक्का पु¥याउने नियतले आपत्तीजनक र अपमानजनक शव्द प्रयोग गरेकाले नेतृ झाँक्रीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरिएको अखिल नेपाल महिला संघले जनाएको छ ।
अखिल नेपाल महिला संघको उपाध्यक्ष अनिषा आचार्य खनालले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई बुझाउदै एउटा महिलाले राष्ट्रपति जस्तो गरिमामय पदमा महिालानै रहेकोमा गर्ब गर्नु पर्नेमा उल्टै गालिगलो गर्नु लज्जास्पद भएको बताएकी छन् । खनालले राष्ट्रपती संविधानको संरक्षक भएकाले यस संस्थाको मान, मर्यादा र गरिमाको रक्षाका लागि सरकार सक्षम आग्रह समेत गरेकीछन् ।