ओलीलाई माधव नेपालको कटाक्ष : ‘मान नमान्, मे तेरा मेहमान’

Halesi Khabar
0 Shares

काठमाडौँ, २८ माघ । सत्तारुढ नेकपाको प्रचण्ड(माधव समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहम् बाहेक केही नभएको बताउनुभएको छ । काठमाडौँमा आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्नुहुँदै नेता नेपालले यस्तो बताउनुभएको हो ।

ओलीले सबैतिरबाट एक्लो हुँदासमेत ओलीले आफूलाई पहिलो र आधिकारिक अध्यक्ष भन्दै हिँडेकोमा पनि नेपालले व्यङ्ग्य गर्नुभयो । ओलीले ‘मान या नमान्, मे तेरा मेहमान’ भनेजस्तै व्यवहार देखाएको नेपालले बताउनुभयो ।

निर्वाचन आयोगदेखि सबै संवैधानिक अंगहरुलाई नियन्त्रण गर्ने ओलीको ध्येय पूरा नहुने पनि नेता नेपालले बताउनुभयो । नेपालले अब ओलीलाई जनताले पत्याउन छाडिसकेको बताउनुभयो ।

राज्यको शक्ति लगाउँदासमेत ओलीको सभा सानो भएको भन्दै नेता नेपालले पार्टीको केन्द्रमा पनि आफूहतर्फ ३०० र ओलीको साथमा १०० जनामात्रै रहेको दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया