हिरासतबाट झाँक्रीले भनिन्, ‘धैर्य गरौँ, यो अन्तिम लडाइँ हो’

Halesi Khabar
0 Shares

काठमाडौँ, २९ माघ । राज्यविरुद्धको कसुरमा प्रहरी हिरासतमा पुगेकी सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले धैर्य गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । अपराध अनुसन्धान, मिनभवनबाट सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले यो अन्तिम लडाइँ भएको पनि बताउनुएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको स्टाटस यस्तो रहेको छ :

“राज्य विरूद्धका कसुर अन्तरगत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभवनमा छु ।
सबै साथिहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाइँ हो ।”

तपाईको प्रतिक्रिया