झाँक्रीको गिरफ्तारीले राज्यको चरित्र उदाङ्गो, निःशर्त रिहा गर्न प्रचण्ड–माधव समूहको माग

Halesi Khabar
0 Shares

काठमाडौँ, २९ माघ । सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहको नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी लोकतन्त्रमाथिको हस्तक्षेप भएको नेकपाले जनाएको छ । नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै झाँक्रीको गिरफ्तारीले राज्यको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदाङ्गो बनाएको बताउनुभएको छ ।

श्रेष्ठले विज्ञप्तिमार्फत राजनीतिक नेतृत्वमाथिको अभिव्यक्तिलाई राज्यविरुद्धको कसुर देख्नु दृष्टिभ्रम र स्वेच्छाचारिताबाहेक केही नभएको भन्दै पूर्वाग्रह त्यागेर झाँक्रीलाई तत्काल रिहा गर्न माग गर्नुभयो । प्रवक्ता श्रेष्ठले झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्नका लागि सरकारसँग माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया