काठमाडौँ, २९ माघ । सरकारले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध डा. गोविन्द केसीले २०औँ आमरण अनसनको घोषणा गर्नुभएको छ । डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गर्नुभएको हो ।
संसद पुनःस्थापना, संवैधानिक निकायमा भएको नियुक्ति खारेजी र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै डा. केसी अनसन बस्न लागेको जनाइएको छ । डा. केसीले चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउने लगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरूको कार्यान्वयन गरियोस् भन्नेसमेत माग राख्नुभएको छ ।