फागुन २ देखि सबै जिल्लामा खोप अभियान : यी हुन् प्राथमिकतामा परेका क्षेत्रहरु

Halesi Khabar
0 Shares

काठमाडौँ, २९ माघ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले आगामी फागुन २ गतेदेखि सबै जिल्लामा कोरोना खोप लगाउने भएको छ । सबै जिल्लामा रहेका संस्थानका कर्मचारीदेखि बैंकका कर्मचारी, पत्रकार र सुरक्षा निकायसम्मका व्यक्तिलाई खोप लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्राथमिकतामा परेका सबै व्यक्तिहरुलाई परिचयपत्र बोकेर तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गर्नुभएको छ । यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मीलाई उक्त खोप लगाइएको थियो ।

तपाईको प्रतिक्रिया