प्रचण्ड–नेपाल समूहबाट जनयुद्ध दिवस मनाउन सर्कुलर

Halesi Khabar
0 Shares

काठमाडौँ, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएका छन् । तत्कालीन माओवादीले चलाएको दश वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवबर जनयुद्ध दिवस मनाउन लागिएको हो ।

सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाइएको छ । काठमाडौंमा शहीद स्मृति तथा सम्मान कार्यक्रम बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।

सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्ड लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया