जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डले भने, ‘ओलीका कारण उपलब्धि गुम्ने खतरा भयो’

Halesi Khabar
0 Shares

काठमाडौँ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धबाट प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताउनुभएको छ । जनयुद्धका उपलब्धि गुम्ने खतरा भएकाले थप बलिदानीका लागि तयार रहन आव्हान गर्नुहुँदै अध्यक्ष प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयुद्धका उपलब्धि गुम्ने खतरा रहेको बताउनुभयो ।

जनयुद्ध दिवसको अवसरमा प्रचण्ड–नेपाल पक्षद्धारा पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जरुरी परे फेरि बलिदानी दिन तयार हुनुपर्ने बताउनुभयो । ‘हाम्रै आँखा अगाडि जनयुद्धका योद्धा र लाखौं जनताको पहलबाट प्राप्त उपलब्धि कुल्चिने दुस्प्रयास भएको छ । हामी सहन सक्छौं त ? पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘आज हामीले नयाँ संकल्पन गर्ने अवसर पनि हो । तिनीहरूको बलिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं । जरुरी परे हामी जो मर्नबाट बाँचेका छौं, जरुरी परे फेरि बलिदान हुन तयार बनौं ।’

प्राप्त उपलब्धि गुम्न नदिनका लागि सचेत बर्ग थप सशक्त रुपमा लाग्नुपर्ने भन्दै उनले संविधानमाथि घात भएको यो बेला फेरि मर्न परे पनि तयार हुने बताउनुभयो । जनयुद्धको अवसर पारेर प्रचण्ड–नेपाल समूहले देशभर कार्यक्रम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया