अध्यादेशको विषयलाई लिएर प्रचण्ड–माधव समूहद्वारा संसद बैठक बहिस्कार

Halesi Khabar
0 Shares

काठमाडौँ, २३ फागुन । नेकपा प्रचण्ड माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् ।

बैठकको शुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए । तर भीम रावलले आफूहरुको विरोध रहेको बताउनुभएको थियो ।

सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड–माधव समूह बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका हुन् । उता, नेपाली काँग्रसेले पनि उक्त अध्यादेशको विषयलाई लिएर संसद भवनभित्रै नाराबाजी गरेका छन् ।

काँग्रेसका सांसदहरुले बिरोध गरेपछि सभामुख सापकोटाले दश मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया