काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ । आइतबार नेकपा प्रचण्ड–माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।
बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गरेको संसद अवरुद्धमा विपक्षी दल जनता समाजवादी पार्टीले पनि साथ दिएको छ ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै काँग्रेस रोष्टम घेराउमा उत्रिँदा जसपा पनि सँगै थियो । काँग्रेसले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए बैठक सुचारु हुन नदिने बताएको थियो ।