फागुन २३ । सत्तारुढ दल नेकपा कानूनी रुपमा औपचारिक बिभाजन नहुँदै सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि देशैभर खुसियाली मनाइएको छ ।
सर्वाेच्चले आज ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले नेतृत्व गर्नुभएको नेकपालाई खारेज गर्दै एकतापूर्वकै अवस्था कायम रहने फैसला गरेको थियो ।
अदालतको यो फैसलाको स्वागत गर्दै युवा, बिद्यार्थीदेखि आम नागरिकले आज देशैभर दिपावलीसहित खुसियाली मनाएका छन ।
यस्तै, प्रधानमन्त्री समर्थक नेता कार्यकताले खोटाङमा पनि एमाले कार्यालय खोलि सहि पनी एमाले मैपनी एमाले भन्ने गित घन्काउदै साझ दिप प्रज्वलन गरेका छन् । सरकारले संसद विघटन गरे लगतै बन्द रहेको नेकपा खोटाङ कार्यालय आज ओलि पक्षका नेता कार्यकताले खोलेका छन् । पुष्पलाल स्मृति भबन अगाडि र त्रिबेणी चौकमा भएको कोणसभामा एमाले नेता कुमार आचार्य र दिपनारायण रिजालले संबोधन गर्नु भएको छ ।