खोटाङ । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा एमालेका कार्यकर्ताले खोटाङको सदरमुकाम दिक्तेलमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।
सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि मंगलबार नेकपा एमालेका नेता हरिकुमार पोखरेलको उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमाले खोटाङ लेखिएको बोर्ड राखेका हुन् ।
नेकपा विभाजनपछि ओली समूहले लगाएको ताला सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको फैसला हुने वित्तिकै आइतवार खुलेको थियो । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।