एमाले खोटाङ –काठमाडौं सम्पर्क मञ्च पुनर्गठन अध्यक्षमा रोका चयन (फोटोफिचर)

Halesi Khabar
0 Shares

काठमाडौं । नेकपा एमाले खोटाङ –काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा नबराज रोका सर्बसहमत चयन भएका छन् । शनिबार मिनभबन क्राउन बैक्वेटमा भएको भेलाले रोका अध्यक्षमा सर्बसहमत चयन भएका हुन् । नेकपा प्रचार बिभाग प्रमुख तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिबमा राजकुमार राई सहित ७७ सदस्य कमिटि सर्बसहमत निर्माण गरिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेश नं १ सम्पर्क कमिटि अध्यक्ष ईन्द्र भण्डारी, प्रदेश सांसद महिला नेतृ उषाकला राई, नेकपा नेता कर्ण घले, नेता पिके राई, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेकपा नेता देबविक्रम राई, नेता कुमार आचार्य, युवा संघका अध्यक्ष रमेश पौडेल, विद्यार्थी नेता भिम राई, अनेम संघ खोटाङ ईन्चार्ज तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेबी राई, सिताराम अधिकारी, लिला राई लगाएतले निर्बाचित कमिटिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा,प्रदेश सम्पर्क संगठन कमिटी १ का अध्यक्ष ईन्द्र भण्डारीले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम सार्वजनिक गर्नु भएको थियो भने, विशेष अतिथि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले सपथ गराउनु भएको थियो । भेलामा खोटाङ स्थाई घर भई काठमाडौं बस्ने ओली पक्षका कार्यकर्ताहरू सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया