खोटाङ, अखिल नेपाल महिला संघ खोटाङको जिल्ला ईन्चार्जमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राई चयन हुनु भएको हो । हालै काठमाडौंमा सम्पन्न अनेम संघको तेश्रो पुर्ण बैठकले उपमेयर राईलाई जिल्ला ईन्चार्जमा चयन गरेको हो ।
राई अनेम संघको केन्द्रिय सदस्य तथा नेकपा एमाले खोटाङको कार्यालय सदस्य समेत हुनु हुन्छ । यस्तै, तेश्रो पुर्ण बैठकले जिल्ला संयोजकमा दिलकुमारी राइलार्ई चयन गरेको छ । दिलकुमारी यस अघि पनी अनेम संघ खोटाङको अध्यक्ष तथा एमाले जिल्ला सचिवालय सदस्य हुनु हुन्थ्यो ।