प्रचण्डले भने, ‘केपी ओलीले संविधान सिध्याउन खोजे, अब अर्को लडाईँ लड्नुपर्ने भयो’

Halesi Khabar
0 Shares

काठमाडौँ, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब फेरि अर्को लडाईँ लड्नुपर्ने स्थिति सिर्जना भएको बताउनुभएको छ । प्राप्त उपलब्धीहरु खतरामा परेको भन्नुहुँदै उहाँले उपलव्धी रक्षाका लागि फेरि अर्को लडाई लड्नुपर्ने स्थिति आएको बताउनुभयो ।

दलित मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले केपी ओलीले अर्को लडाई लड्नुपर्ने परिस्थितिमा पुर्याएको भन्दै उहाँले ओलीलाई धन्यवाद दिनुभयो । दलित, आदिवासी जनजाति, महिला, मधेसी, मुस्लिमले अधिकार प्राप्त गर्दा सबैभन्दा दुःखी हुने मान्छे प्रधानमन्त्री बनेको भन्दै प्रचण्डले ती सबै अधिकार खोस्ने दाउमा ओली रहेको बताउनुभयो ।

ओलीले संविधान नै धरापमा पार्ने स्थिति बनाएकाले रक्षाका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा उहाँको जोड थियो । दलित, आदिवासी जनजाति, महिला, मधेसी, अल्पसंख्यक जाति, समुदाय क्षेत्रको पहिचान स्थापित गर्न आफूले कहिल्यै कसर नराखेको भन्दै प्रचण्डले पहिचानको आन्दोलन नछाडेको बताउनुभयो ।

प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलव्धीका लागि अघि बढेको भन्दै प्रचण्डले भन्नुभयो, ‘प्रचण्डले पहिचानको आन्दोलनको छाड्यो कि भनेर शंका नगर्नुस ।’

तपाईको प्रतिक्रिया