काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित भएको नेकपा (माओवादी केन्द्र) निकट रहेको विद्यार्थी संगठन पुनः अनेरास्ववियू (क्रान्तिकारी) को रुपमा व्यूँतिएको छ । बिहीबार बसेको पदाधिकारी बैठकबाट सो निर्णय भएको हो । यसअघि एमाले निकट अनेरास्ववियुसंगको एकतावाट एकीकृत संगठनको नाम अनेरास्ववियू रहेको थियो ।
अनेरास्ववियू ९क्रान्तिकारी ० ब्युंतिएपछि पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको छ । जस अनुसार अध्यक्षमा रञ्जित तामाङ, उपाध्यक्षमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम, पञ्चा सिंह, दिपेश पुन, इन्द्र भुषाल, रविकिरण यादव र महासचिवमा उत्तम अधिकारी रहेका छन् ।
यसैगरी उपमहासचिवमा जिपि मैनाली र तुकमान महरा रहेका छन् । सचिवमा नरेश रेग्मी , पवन कार्की , मदन भट्टराई , सुर्यनारायण शाह , क्षितिज सापकोटा , नारायण खनाल , अम्मरराज शाही , राजकुमार लिम्बू , अच्युत भट्ट , गजेन्द्र देव , प्रविणा अधिकारी , मदन भुल र कोषाध्यक्षमा केशव रावल रहेका छन् ।
आउंदो चैत्र १४ गते काठमाडौंमा वस्ने क्रान्तिकारीको केन्द्रीय कमिटीको विस्तारित वैठकवाट नयाँ परिस्थितिमा संगठनले लिनुपर्ने थप योजना र कार्यक्रम ल्याउने उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो । विस्तारित बैठकमा केन्द्रीय समितिका सदस्यहरु र सबै जिल्लाका संयोजक र सहसंयोजक सहभागी हुनेछन् ।