विराटनगर, १३ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण राखिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
पुनःगठनमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्नुभएका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । त्यस्तै, नेपाल समूह छाडेर प्रधानमन्त्री ओली समूहमा खुल्नुभएका उषाकला राई सामाजिक विकासमन्त्री हुने हुनुभएको छ ।
अहिले राज्यमन्त्री रहनुभएका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधानरमन्त्री र राम राना कृषिमन्त्री हुनुहुने भएको छ । त्यस्तै, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने हुनुभएको छ । राज्यमन्त्री दुवै जना नयाँ अनुहार हुन् ।
केही नामहरु सपथग्रहणको बेलासम्म हेरफेर र थप हुन सक्ने मुख्यमन्त्री राई निकट स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रताव नेपाल समूहले फिर्ता लिएपछि राई नेतृत्वको प्रदेश सरकारले निरन्तरता पाउने भएको छ ।