खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७७ को उपाधी दुर्छिम मा.वि दुर्छिमले उचालेको छ । १० स्वर्ण, ७ रजत र ५ कास्य जित्न सफल दुर्छिम मा.वि ले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो । त्यस्तै, ७ स्वर्ण, ६ रजत, ५ कास्य सहित महेन्द्रोदय मा.वि.हलेसी दोश्रो भए भने, ५ स्वर्ण,४ रजत र ८ कास्य सहित पिपलडाँडा देविस्थान मा.वि.मंगलटार तेश्रो भएका छन् । नगरपालिका भित्रका ११ वटा मा.वि.हरुबिच भएको प्रतिस्पर्धामा ४ स्वर्ण ६ रजत र ७ कास्य जित्दै सरस्वती मा.वि. अर्खौले चौथा भए । दाम्ली मा.वि. डिकुवा र बुलापन्थे मा.वि. धितुङले समान २÷२ स्वर्ण जितेका छन् । कालिका मा.वि झापा, लक्ष्मी मा.वि.बडहरे ,जनता मा.वि.सल्ले, ज्योति मा.वि. राजापानी स्वर्ण विहिन बनेका छन् । कबड्डि, भलिबल र एथेलेटिक्स विधाबाट ३० स्वर्ण, २९ रजत तथा २८ कास्य पदकको लागि प्रतियोगिता भएको थियो । १२ वटा मा.वि. रहेको हलेसी तुवाचुङ नगरपालिकामा मालिकादेवी मा.वि. कदुवा भने प्रतियोगितामा सहभागी भएन । कराते, कबड्डि र एथेलेटिक्स को प्रतिस्पर्था हलेसीस्थीत बसाहा खेलमैदानमा गरीएको थियो भने भलिबल दुर्छिम मा.वि.को प्राङ्गणमा भएको थियो । उपाधी जित्ने सम्पूर्ण खेलाडीहरुलाई मेयर इवन राई, उपमेयर विमला राई लगाएत विभिन्न विद्यालयका प्रअहरुबाट शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरीएको छ ।
दुर्छिम मा.वि. दुर्छिमले उचाल्यो बाह्रौ राष्ट्रपति शिल्डको उपाधी
0
Shares
Advertismen
तपाईको प्रतिक्रिया
- १. पक्की पुल बाढीले बगाएपछि फोक्सिङटारमा अस्यायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान
- २. पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया
- ३. ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
- ४. हलेसीमा महिला फुटबल प्रतियोगिता : आयोजक र प्रगतिशील सेवा समाज विजयी
- ५. अलपत्र ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’को काम पुनः शुरु गर्ने सर्वपक्षीय सहमति
- ६. मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी