राष्ट्रपति भण्डारीद्वारा बादललाई पुनः गृहमन्त्रीमा नियुक्त

Halesi Khabar
0 Shares

काठमाडौँ, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोक्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई गृहमन्त्रीमा नियुक्ति गरिएको हो ।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएका छ । यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो ।

राष्ट्रियसभा सदस्य पद गुमेसँगै उनी मन्त्री पदबाट स्वतः पदमुक्त भएका थिए । थापाले आजै गृहमन्त्रीको रुपमा सपथ लिँदैछन् । राष्ट्रपति भण्डारीले आइतबार थापालाई पुनः गृह मन्त्रालयको कार्यभार तोक्नुभएको हो ।

तपाईको प्रतिक्रिया