सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौँ : अध्यक्ष प्रचण्ड

Halesi Khabar
0 Shares

काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली नेतृत्वको सरकार छिट्टै ढल्ने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले पछिल्लो समय ओली सरकार निरकुंश र स्वाच्छाचारी भएकोले यो सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा आफूहरु रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले यो विषयमा दलहरुसँग छलफल भईरहेको बताउनुभयो । कर्णाली सरकार अपदस्त गर्न खोज्ने ओली सरकारको हालत अब अन्य प्रदेश र केन्द्रमा पनि हुने उहाँले बताउनुभयो ।

दलहरुबीच छलफल भइरहेकाले केही दिनमा नयाँ सरकार गठन हुने पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । सत्ता समीकरणबारे आज बेलुका दलहरुसित बैठक रहेको समेत उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया