महन्थ ठाकुर अल्पमतमा, प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त गर्न कठिन

Halesi Khabar
0 Shares

काठमाडौँ, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् ।

पहिलेदेखि नै सरकारको विपक्षमा जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरू रहँदै आएका छन् । महतो पनि सोही पक्षमा उभिने भएपछि अध्यक्ष महन्थ ठाकुर अल्पमतमा पर्ने देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका अध्यक्ष ठाकुरलाई उनकै पक्षका नेता महतोले साथ नदिएपछि ठाकुर एक्लिएका छन् ।

महतोले जसपाले राखेको माग सबै पुरा नभएकोले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएका हुन् । जसपाका दुई जना सांसद निलम्बित छन् भने बाँकी जसपासँग ३२ सांसद रहेका छन् ।

जसपाले एकजुट रुपमा पधानमन्त्री ओलीलाई मत नदिएमा ओलीलाई विश्वासको मत प्रापत गर्न कठिन हुने देखिएको छ । वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिँदै छन् । जसपासँग विश्वासको मतको अपेक्षा गरिरहेको भएपनि जसपाभित्रै दुई धार देखिएको छ । यो समाचार नागरिक खबर डटकमा छ ।

तपाईको प्रतिक्रिया