सांसदको साथ नपाउँदा माधव समुहकाे रूवाबासी

0 Shares

काठमाडौं, बैशाख २६ । सामुहिक राजीनामा दिने धम्की दिएको एमाले नेता माधव नेपाल समुहले भाका सारेको छ । आज बसेको आफू निकट सांसदहरुको बैठकमा अधिकांश सांसदले राजीनामा नदिने अडान राखेपछि नेपाल समुहले बैशाख २७ गते सोमवार बिहान ९ बजेसम्म आफूहरुको माग सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिने भन्दै भाका सारेको हो ।

नेकपामै रहँदा अध्यक्ष ओलीबिरुद्ध प्रचण्डसँग मिलेर अभियान छेडनु भएका नेता नेपालले एमालेमा फर्किएपछि पनि निरन्तर प्रचण्डकै सेवा गरिरहनु भएको छ । जसरी पनि एमालेलाई कमजोर पार्ने योजनामा रहनुभएका नेता नेपाललाई सांसदहरुले राजीनामा नदिने अडान राखेपछि केही लचिलो बनेको भन्दै पछि हटनु परेको छ । अध्यक्ष ओलीले आजै पार्टी एकताका लागि आह्वान गर्दै बक्तब्य जारी गर्नुभएको र नेपाल निकट सांसदहरुले पनि राजीनामा नदिने अडान राखेपछि भोलिसम्मको समय भन्दै अर्काे धम्की दिइएको छ ।

माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको हो । सो समयसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय सो समुहले गरेको छ । २७ गते ९ बजेसम्म अध्यक्ष ओलीले माग सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर कठोर निर्णय लिइने सांसद भेलापछि नेता योगेश भट्टराईले बताउनु भयो ।

तपाईको प्रतिक्रिया