आफूलाई १५३ जना सांसदको समर्थन रहेको ओलीको दाबी

Halesi Khabar
0 Shares

काठमाडौँ, ७ जेठ । नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नुभएको छ । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षरसहित शीलतनिवासमा छन् । नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया