एमाले मुख्य सचेतक भट्टराईले फिर्ता गर्नु भयो संसद सचिवालयको गाडी, सबैले दिए स्याबासी

0 Shares

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयलाई आफूले लिएको गाडी सुविधा फिर्ता गर्नु भएको छ । आईतबार मुख्य सचेतक भट्टराईले संसद विघटन भएसँगै आफुले प्रयोग गरेको बा २ झ २८७३ नं गाडी संसद सचिवालयलाई फिर्ता गर्नु भएको हो ।

‘नेकपा (एमाले ) को मुख्य सचेतकको जिम्मेवारीमा दुई महिना २२ दिन पुरा गरी आजबाट बिधिवत बिदा भएको छु,’ भट्टराईले फेसवुकमा लेख्नु भएको छ्, ‘ आजै त्यस हैसियतले मैले प्राप्त गरेको गाडी र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु । मेरो सचिवालयमा रहेर काम गर्नुभएका साथीहरुलाइ पनि सधन्यबाद बिदा गरेको छु ।’ उहाँले एक ईमानका साथ संसद विघटन लगतै सरकारी सेवा सुबिधा फिर्ता गर्नुले सामाजिक सञ्जालमा प्रशंसा समेत भएको छ ।

तपाईको प्रतिक्रिया