एमाले नेता भट्टराइले आफ्नो पहलमा ल्याउनु भएको यती धेरै स्वास्थ्य सामग्री हस्तान्तरण

0 Shares

खोटाङ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै नेकपा (एमाले) खोटाङ जिल्ला ईन्चार्ज विशाल भट्टराइले आफ्नो पहलमा ल्याएको स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गर्नु भएको छ ।
ईन्चार्ज भट्टराइले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट ल्याएको ९ लाख ७ हजार ६६० रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर, भिटिएम, एन्टीजेन किट, पिपिइ गाउन लगायतका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय दिक्तेललाई मंगलबार हस्तान्तरण गर्नु भएको हो ।
मन्त्रालयबाट २ लाख २६ हजार ९६९ रुपैयाँ बराबरको ४ सय थान पिपिइ गाउन, ४ सय थान एन ९५ मास्क, २० लिटर सेनिटाइजर र ४ हजार थान सर्जिकल मास्क ल्याइएको छ । यस्तै, स्वास्थ्य कार्यालयमा ४ लाख ९३ हजार ७५२ रुपैयाँ मूल्यको १ हजार सेट एन्टीजेट किट, १ लाख ६९  हजार ७६३ मूल्यको ४० लिटरको १५ पिस अक्सिजन सिलिण्डर र १७ हजार १७६ मूल्य पर्ने २ सय पिस भिटिएम आइपुगेको छ ।

गत बैशाख ३० गते काठ्माण्डौंबाट ३ लाख ९९ हजार ८३३ मूल्यको स्वास्थ्य सामग्री लिएर आएका प्रतिनिधिसभा सदस्य भट्टराईले पुःन ल्याएको स्वास्थ्य सामग्री मंगलबार स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य कार्यालयको माग र  प्रतिनिधिसभा सदस्य भट्टराईको पहलमा कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने थप स्वास्थ्य सामग्री आएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

एमालेका पूर्व प्रमुख सचेतक समेत रहेका प्रतिनिधिसभा सदस्य भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, एमाले नेता कुमार आचार्य, लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य भट्टराईले जिल्लामा कोभिड–१९ को महामारीमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाए । भट्टराईले अक्सिजन जुटाउन भने मुस्किल परेको बताए ।

तपाईको प्रतिक्रिया