खोटाङ । नेकपा एमाले खोटाङका ईन्चार्ज विशाल भट्टराईले पहल गरेर पठाएको लाखौ मुल्य पर्ने स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई खोटाङलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने लाखौ मुल्य पर्ने स्वास्थ्य सामग्री एमाले नेता कुमार आचार्यले हस्तान्तरण गर्नु भएको हो ।
मन्त्रालयबाट ५ थान पल्स अक्सिमिटर, २ सय थान एन्टीजेन किट, ५० पिस डेडवडी व्याग, ५ सय पिस कोभिड–१९ गाउन सेट, ५० पिस फेसशिल्ड, सय पिस एन ९५ मास्क र एक हजार पिस कोभिड–१९ मास्क हस्तान्तरण गरिएको छ ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा र अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एबं एमाले नेता कुमार आचार्यको संयोजनमा मन्त्रालयबाट ल्याइएको स्वास्थ्य सामग्री नेता आचार्यले स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई शुक्रबार शुक्रबार हस्तान्तरण गर्नु भएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला समन्वय अधिकारी कल्पना श्रेष्ठ, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सामुदायिक सेवा केन्द्र खोटाङका अध्यक्ष सनमान खडका लगायतको उपस्थिति रहेको थियो ।