मेयर रिजालको एक कल फोनले बच्यो सुत्केरीको ज्यान

0 Shares

खोटाङ । सुत्केरी व्यथा लागेर सहज रुपमा बच्चा जन्माउन समस्या परेकी खोटाङकी एक महिलाको मेयरको एक कल फोनले ज्यान बचेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ दोर्पाकी २४ बर्षीय शान्ता कटवालले आठ महिनाको गर्भमा रहेको बच्चा जन्माउन नसकेपछि मेयर दिपनारायण रिजालको पहलमा नेपाली सेनाको हेलिकोप्टरवाट उद्धार गरिए पछि सुत्केरीको ज्यान बचेको हो ।

मेयर रिजालको पहलमा र राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट शान्तालाई उद्धार गरि काठमाण्डौ लगिएको छ ।

आठ महिनाको गर्भमै बच्चा जन्माउने ब्यथा लागेकी शान्ताको परिवारले आफूलाई राति २ बजे फोन मार्फत जानकारी गराएपछि रातिनै नगरपालिको गाडी पठाएर जिल्ला अस्पताल ल्याईएको मेयर रिजालले बताउनु भयो । उहाँले भन्नु भयो, अस्पतालमा आईसियु नभएको कारणले जन्मिने बित्तिकै आईसियुमा राख्नु पर्ने हुदाँ मन्त्रालयसंग समन्वय गरेर बिहान ७ बजे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको सहयोगमा बिरामीलाई उद्धार गरिएको थियोे ।

तपाईको प्रतिक्रिया