स्वीडेनलाई हराउँदै युक्रेन युरोकपको क्वाटरफाइनलमा

0 Shares

खोटाङ । युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोबबिकद्ये एक गोल गरे । स्वीडेनका लागि एमिल फोर्सवर्गले एक गोल फर्काए । रोमाञ्चक खेलको १२०औं मिनेटमा अर्टिमले निर्णायक गोल गर्दै युक्रेनलाई जित दिलाए । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसअघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । यार्मोलेन्कोको तर ४३ औं मिनेटमा फोर्सवर्गले स्वीडेनका लागि बराबरी गोल फर्काएका थिए ।

यस्तै खेलको ९८ औं मिनेटमा मार्कुस डानिलसनले रातो कार्ड पाएपछि स्वडेन १० खेलाडीमा समेटियो । त्यसैको फइदामा अर्टिमले अन्तिम समयमा गोल गरे । यस जितपछि युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बन्दा स्वीडेन भने बाहिरिएको छ । पहिलो पटक युरोको समूह चरण पार गरेको युक्रेनले नकआउट चरणमा पनि पहिलो खेल जितेको हो ।
अनलाइन खबरबाट

 

तपाईको प्रतिक्रिया