पूर्वमाओवादी केन्द्रका चार,ओली र नेपाल पक्षका दुई–दुई जना गरि एमालेले ८ जना स्थायी कमिटी सदस्य मनोनीत गर्यो

0 Shares

खोटाङ । नेकपा एमालेले पूर्व माओवादी केन्द्र पृष्ठभूमिका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ ।पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी केन्द्रका नेताहरूको अवस्था के हुन्छ भन्ने धेरैलाई कौतुहल बिषय बनेको थियो ।

आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । बैठकले रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई पार्टीको स्थायी मिति सदस्य बनाएको हो ।

त्यस्तैगरी माओवादीसँगको एकता प्रक्रियामा एमालेबाट स्थायी कमिटीमा थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि फेरि स्थायी कमिटी सदस्य बनेका छन् । उनीहरूमध्ये रघुवीर र विष्णु रिमाल संस्थापन समूहका हुन् भने, बेदुराम र रघुजी पन्त माधव नेपाल समूहका हुन् । बेदुरामले हालै मात्र आफूलाई स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया