स्वस्थ्यकर्मीको असावधानीले शुक्र विकको निधन भयो : एमाले खोटाङ

0 Shares

हलेसी खबर
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ का एमाले जिल्ला नेता शुक्र विकको निधन स्वास्थ्यकर्मीको असावधानीले भएको भन्दै नेकपा एमाले खोटाङले एक विज्ञप्ती जारी गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमीत विकलाई अस्पतालको आइसोलेसनमा रहेको अवस्थामा बिचमै रेफर गरेर घर पठाउनु गैर जिम्मेवारीपन भएको पार्टीले विज्ञप्ती मार्फत जनाएको हो ।

विज्ञप्तीमा ‘विकको निधनका सन्दर्भमा विभिन्न संचार माध्यामबाट उजागर भएका केही गम्भिर विषयहरु रहेको’ भनिएको छ । ‘यस विषयमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । अस्पताल भर्ना भएर आईसोलेसनमा बसेको विरामी कोभिड-१९ पोजेटिभ हुँदा हुँदै रेफर गरी घर पठाईनु र भोली पल्ट असहज भएपछि अस्पताल आउँदा समयमै उपचारमा कमी भएको भन्ने विषयलाई हाम्रो पार्टी गम्भिररुपमा लिन बाध्य भएको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

यस्तै ‘यसका सन्दर्भमा पार्टीले आन्तरिक रुपमा गम्भिरता पूर्वक छानविन गरि सत्यतथ्य सार्वजानीक गर्ने भन्दै विज्ञप्तीमा हाल चलिरहेको माहामारीको चपेटामा स्वास्थ्य सेवा जस्तो संवेदनशिल सँस्थामाथी उठेका यी गम्भिर विषयमा के कसो भएको हो । निष्पक्ष र सत्य तथ्य कुरा सम्बन्धित निकायले तत्काल छानविन गरी सार्वजनिक गर्दै दोषी उपर कडाभन्दा कडा कारवाही गरियोस भन्ने माग समेत विज्ञप्ती राखिएको छ । विज्ञप्तीमा नेकपा एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले हस्ताक्षर गरेका छन् ।

यस्तै नेपाल उत्पिडित जातीय मुक्ति समाज खोटाङले पनि विकको निधन प्रति शोक विज्ञप्ती प्रकाशन गरेको छ । मुक्ति समाजका केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला अध्यक्ष समेत रहेका विकको अस्पतालको हेलचेक्राँईले निधन भएको आरोप लगाउँदै कोभिड अस्पतालले अक्सिजन सकिएको तथा अस्पतालमा व्ययभार बढ्ने भन्दै घर पठाएकाले लापार्वाही गरिएको विज्ञप्तीमा उल्लेख छ ।

मुक्ति समाजका १ नम्बर प्रदेशका सह इन्चार्ज चर्च बहादुर विस्वकर्मा, जिल्ला उपाध्याक्ष रमेश परियार र सचिव दिपक ठटालले हस्ताक्षर गरेको विज्ञप्तीमा सत्यतथ्य छानवीन गरि दोषीमाथी कडा कारवाहीको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया