अत्याधुनिक उपकरणको प्रयोगसहित फेमली कियर अस्पतालमा उपचार

0 Shares

हलेसी खबर
खोटाङ । खोटाङको दिक्तेल बजारमा हालै खुलेको फेमली कियर अस्पतालले अत्यनधुनिक उपकरणको प्रयोग सँगै आफ्नो सेवालाई व्यापक बनाएको छ । काठमान्डौँस्थित टिचिङ अस्पतालबाट आएका वरिष्ठ फेमली फिजिसियन डाक्टरद्धारा अस्पतालमा उपचार सेवा प्रदान गर्न थालिएको हो ।

फेमली अस्पतालले दैनिक छाती, मुटु, पेट, मृगौला रोगको परिक्षण गर्नुका साथै गर्भवती महिलाको परिक्षण, मानसिक सन्तुलन (पागलपन) सम्बन्धि परिक्षणको काम भइरहेको अस्पतालका वरिष्ठ फेमली फिजिसियन डाक्टर सुरेन्द्र शाक्यले जानकारी दिनुभयो । यस्तै, निकट भविष्यमै प्रसुती, पेट र हाट जोर्नीको मेजर अप्रेशन समेत गरिने वरिष्ठ फेमली फिजिसियन डाक्टर शाक्यले बताउनुभयो ।काठमान्डौंको ललितपुर ठेँचोमा रहेको ५० शैयाको अस्पताललाई खोटाङ जिल्लामा स्थानन्तरण गरिएको सुनाउँदै अस्पतालका निर्देशक विनोद पौडेलले अन्य सुविधा सम्पन्न ठाउँहरुमा दिइने स्तरकै सेवा सुविधा उपलब्ध गराउन अस्पताल सारिएको बताउनुभयो ।

अस्पतालमा हाल रगत, दिशा, पिसाव, इसिजीको अत्याधुनिक उपकरणबाट परिक्षण गरिने ल्याव समेत रहेको छ ।यस्तै,एक्स-रे, भिडियो एक्सरे गर्ने अत्याधुनिक उपकरण समेत अस्पतालमा रहेको छ ।दिक्तेल बजारको किरात चोक नजिकै अस्पतालको ओपिडि कक्षको रुपमा सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ । यो सँगै निकट भविष्यमै सदरमुकाम भन्दा माथी मुडेडाँडा नजिक अस्पतालको सम्पुणर् सेवाहरु संचालन गर्ने तयारी रहेको अस्पतालका अभियान्ता नविन राईले जानकारी दिनुभयो । काठमान्डौँमा चलिरहेको अस्पताललाई खोटाङ लगायत पूर्वि पहाडि जिल्लामा सार्न निकै चुनौती पुणर् भएपनि सर्वसाधरणको सुविधाकालागि जोखिम मोलेर काम अगाडि बढाइएको अस्पतालका अभियान्ता राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया