एक पाइला संस्थाद्धारा प्राथामिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर

0 Shares

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध भएको छ । कोेरेना भाइरस (कोभिड-१९) को महामारी रोकथाम तथा नियन्त्रणका लागि कृष्ण लम्साल र टेकप्रसाद लम्सालको पहलमा ‘एक एक पाइला’ नामक संस्थाबाट प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध भएको हो ।

हाल काठमान्डौं रहेका लम्सालको पहलमा प्राथामिक स्वास्थ्य केन्द्रमा आइपुगेको अक्सिजन कन्सन्ट्रेटर स्थानीय ललित लम्सालले ऐसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलालाई बिहिबार हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष राजेश राजभण्डारी, डा.टेकनारायण श्रेष्ठ, स्वास्थ्य संयोजक रामकाजी नेपाल लगायतको उपस्थितिमा लम्सालले गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया