काठमान्डौँ । चीनमा खरिद गरिएको कोरोना भाइरस विरुद्धको खोप लिन सरकारले शनिबार चीनमा विमान पठाउने तयारि गरिएको छ । प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईले चीनमा खरिद गरिएको खोपमध्ये १० लाख डोज खोप नेपाल ल्याउन शनिबार विमान चीन पठाइने बताउनुभएको हो ।
चीनबाट ४० लाख खोप खरिद गरिएको बताउँदै उहाले साउन १० गतेभित्र सबै खोप ल्याइपुर्याउन तीन/चार दिनको अन्तरालमा विमान पठाउने तयारी भएको पनि स्पष्ट पार्नुभएको छ ।
भट्टराईका अनुसार ‘खोप लिन शनिबार अर्थात जुलाई ३ तारिखमा हाम्रो फ्लाइट जान्छ र पहिलो १० लाख खोप हामी आइतबार ४ तारिखमा लिएर आउछौँ,’उहाँले भननुभयो, ‘त्यसको तीन/चार दिनमा अर्को १० गरेर हामी जुलाई २५ तारिखभित्र चीनबाट खरिद गरिएको ४० लाख खोप ल्याउछौँ ।’
त्यसको अतिरिक्त थप खोप ल्याउनका लागि पनि चीनसँग कुराकानी भइरहेकोछ । अगस्ट, सेप्टेम्बर र अक्टोरमा तालिक नै बनाएर कुन-कुन देशबाट खोप ल्याउन सकिन्छ, भनेर खोजी गरिरहेको भन्दै चीनसँग थप खोप ल्याउने बारेमा सघनरूपमा छलफल अगाडि बढिरहेको बताउनुभयो ।
एक डोज मात्र लगाए हुने कोभ्याक्सको १५ लाख खोप पनि केही दिनभित्र नेपाल आइपुग्नेबताइएको छ । शुक्रबार एक रेडियो अन्तर्वार्तामा भट्टराईले चीनबाट आएको र कोभ्याक्सको खोप गरेर अगस्टको पहिलो हप्ताभित्र ४५ लाखलाई पुग्ने खोप आउने बताउनुभयो ।
चीनले यसअघि १८ लाख डोज भेरोसेल खोप अनुदानको रुपमा नेपाललाई दिएको थियो ।हाल त्यसैबाट खोप अभियान निरन्तर चलिरहेको छ ।