हलेसी खबर खोटाङ । खोटाङमा मुण्डा घर भत्किदा युवकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका १४ वर्षीय युवक राजकुमार सार्कीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
तीन देखी परेको भारी वर्षातका कारण बास र माटोले बनेको मुण्डा पानीले भिझ्दा शुक्रबार विहान १०ः३० बजेको समयमा भत्किएको स्थानीयबासीले बताएका छन् । मान्छे बस्न छाडेको मुण्डा घरभित्र तिन बालबालीका खेलीरहेको अवस्थामा मुण्डाघर भत्किएको बताइएको छ ।
मुण्डा घर भत्किदा अन्य दुई जना बालबालिका समेत घाइते भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा मिलन सार्की र योना सार्की रहेका छन् । उनिहरुको हालको अवस्था सामान्य रहेको छ । मृत बालकको शव परिक्षण गर्नका लागि जिल्ला अस्पताल दिक्तेल पठाइने तयारी भईरहेको वडा सदस्य खेमराज कार्कीले बताउनुभयो ।