खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिका कोरोना संक्रमण मुक्त भएको छ । कोरोना भाइरसको दोश्रो भेरियण्ट सुरु भएसँगै अछुतो नरहेको पालिकामा शुक्रबार चिसापानीका कार्की थरका एक जना संक्रमित मुक्त भएपछि पालिका नै संक्रमण मुक्त भएको हो ।
यस अघि ६९ जना संक्रमण मुक्त भएका थिए । पालिकामा ३ महिनाको अबधिमा जम्मा ७० जना संक्रमति भएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले बताउनु भयो । वैशाखबाट सुरु भएको संक्रमित संख्या आजबाट शुन्यमा झरेको छ , शाखा प्रमुख पोखरेलले बताउनु भयो ।
३९९ जनाको परिक्षणमा ३५८ जनाको एण्टीजेन र ४१ जनाको पिसिआर गर्दा ७० जना पोजेटीभ देखिएको थियो । एक जना बाहेक ६९ जना संक्रमितलाई पालिकाको समन्वयमा होम आईसोलेशनमा राखेर उपचार गरिएको जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंखर बहादुर राईले बताउनु भयो । होम आईसोलेसनमा राखेर उपचार गराएपनि पालिकाले घरघरमै पुगेर औषधी संक्रमितको स्वास्थ्य अबस्थाको बारे जानकारी लिएको प्रमुख राईले जानकारी दिनु भयो ।