नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा

0 Shares

हलेसी खबर सम्वाददाता
काठमान्डौं,२५ असार । नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलमा रहेकाहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठकमा जुटेका हुन् ।आज शुक्रबार दिउँसो १ बजेदेखि बैठक शुरु भइरहेको जनाइएको छ ।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटकपटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए ।

नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया