खोटाङ,२५ असार । कोभिड-१९ को संक्रमणबाट मृत्यु भएका एमाले नेता शुक्र विकको परिवारलाई नेकपा (एमाले) जिल्ला कमिटि खोटाङले आर्थीक सहयोग गरेको छ । मृतक विकको परिवारलाई बीहिबार श्रद्धाञ्जलीसभा गर्दे एमाले जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दंगालले किरिया खर्च वापत .एक लाख २४ हजार आर्थीक सहयोग गर्नुभएको हो ।
अध्यक्ष दंगालका अनुसार शुक्र बिकको परिवारलाई थोरै भएपनि राहतहोस भन्ने उदेश्यले नेता तथा कार्यकर्ताबाट उठाएर आर्थिक सहयोग गरिएको हो । विकको परिवारलाई सहयोग गरिएको आर्थिक रकमले विषेश गरि वालबच्चाको पठन-पाठनमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । नेकपा एमाले खोटाङका नेता तथा नेपाल उत्पीत जाति मुक्ति समाज १ नम्बर प्रदेशका सह-इन्चार्ज चर्चबहादुर विस्वकर्माको अगुवाईमा विकको सम्झनामा अक्षय कोषको स्थापना गरिने एमाले सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताउनुभयो ।
विकको परिवारलाई स्थानीयबासिन्दा,सामाजसेवी,बुद्धिजिवी,पत्रकार,कटवाल बन्धु सेवा समाज ,शिव पार्वती मण्डल,सप्तेश्वर साना कृषी सहकारी संस्थाले आर्थीक रकम सहयोग गरेको नेता राईले जानकारी दिनुभयो । नेता राईका अनुसार मृतक बिकको नाममा अक्षय कोष समेत स्थापना गरिने छ ।
मृतक विक विगत डेढ दशक देखि एमालेमा आवद्ध रहि आफ्नो राजनितिक क्षेत्रमा सक्रिय रहनु भएको थियो । उहाँ मुक्ति समाज खोटाङका अध्यक्ष तथा पार्टीको जिल्ला कमिटी सदस्य समेत हुनु हुन्थ्यो ।