काठमान्डौं, २५ असार । यतिबेला नेपाली राजनीतिक माहोल निकै नै उथलपुथलको अवस्थामा छ । खासगरी देशकै प्रमुख दलहरुको भविष्य अन्यौलमा रहेको अवस्था छ राजनीतिक विकराल अवस्थमा पुग्नु पछाडि सबै दलहरु र दलका नेताहरूको उत्तिकै भुमिका रहेको मान्न सकिन्छ । तर, यो सबै अवस्थालाई पार लगाएर देशलाई एक नयाँ केन्द्रमा पुर्याउने लक्ष्य प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा रहेको देखिन्छ । खासगरी वर्तमान अवस्थामा देशको जिम्मेवारी उनीमाथि नै भएका कारण पनि यो संकट पार लाउन प्रधानमन्त्री ओलीको भुमिका रहन्छ । लामो समयदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाको उपेन्द्र यादव समुह प्रधानमन्त्री ओलीविरुद्ध सक्रिय छ ।
उसो त प्रधानमन्त्री ओली विरुद्ध केही सर्वसाधरण देखि उनकै पार्टीका नेताहरू समेत बेला बेला लाग्ने गरेका छन् । विपक्षी गुटमा सक्रिय भए पनि कांग्रेस दृड निणर्य गरेर अघि बढ्न सक्ने अवस्थामा छैन् । एमालेकै नेता माधवकुमार नेपालसमुह प्रधानमन्त्री ओलीविरुद्ध भए पनि आफुले चाहेमा एक पासा हालेर नेता नेपाललाई आफ्नो टिममा गाँभ्न सक्ने विश्वास प्रधानमन्त्री ओलीमा रहेको देखिन्छ ।प्रधानमन्त्री ओली नेपाल समुहलाई मिलाएर, जसपाको महन्थ ठाकुर समुहलाई आफ्नै गठबन्धनमा हालेर एक शक्तिशाली नेता बन्न सक्ने देखिन्छ ।
अर्को तर्फ माओवादी केन्द्रका शिर्ष नेताहरु जस्तै पूर्वगृहमन्त्री रामबहादुर थापा बादललगायत पनि प्रधानमन्त्री ओली पक्षमै छन् । यसबीच माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन समेत पुगेको छ । यी यावत स्थितीलाई नियाल्दा प्रधानमन्त्री ओली अब, आउने चुनावमा एक शक्तिशाली नेताका रुपमा मात्रै हैन्, प्रधानमन्त्री हुने दृढताका साथ अघि बढिरहेको संकेत देखिन्छ । माओवादी केन्द्र खारेज नभए पनि सिथिल हुने निश्चित छ, उता नेपाली कांग्रेस आफ्नै आन्तरिक मामिलामा र नेतृत्व विमुख बनेको अवस्था छ । यस्तोमा पहिले देखि नै शक्तिशाली रहेको एमाले, जसपाको एक समुह र माओवादीको मिसावटले नै एमाले झनै शक्तिशाली हुने निश्चित देखिन्छ । एमाले मिलाउनका लागि दोस्रो तहका नेताहरु समेत सक्रिय रहेको अवस्था छ ।