एमालेमा बस्दिन : माधवकुमार नेपाल

0 Shares

काठमान्डौं, ३१ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बचाउन सवै काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । आफूलाई भेट्न निवामै आउनु भएका प्रधानमन्त्री देउवालाई माधवले एमाले आफ्नो प्राथमिकताभित्र नरहेको भन्दै यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

माधव समुहकै हस्ताक्षरका कारण संबिधानमा परमादेश धारा थप भई प्रधानमन्त्री बन्नुभएका देउवा दोस्रो दिन नै नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो । बैठकपछि नेपाल र देउवाले भेटमा भएको बिषयबारे केही बोल्नुभएन । तर नेपाल निकट नेता विरोध खतिवडाले देउवा सरकार बचाउने निणर्य माधवले सुनाएको खुलासा गर्नुभयो । ‘हामीले सर्वोच्च अदालतमा रिट हालेकै संसदलाई पूरा अवधि टिकाउनका लागि हो, अब के गर्छौं भनेर हामीले भन्नैपरेन, कुरा स्पष्टै छ त,’ खतिवडाले भन्नुभयो । उहाँको यस्तो कुराले देउवा सरकारलाई बिश्वासको मत दिने माधवको निणर्यलाई प्रष्ट पारेको छ । माधवको यो कुरा सुनेर सरकार टिक्ने भन्दै देउवाले आफू निकटसँग खुसीको कुरा सुनाउनु भएको छ ।

बैठकपछि निवास फर्किएर प्रधानमन्त्री देउवाले साँझ नै नेता नेपालसँग भएको छलफलबारे निकटस्थहरुलाई बताउनुभएको छ । देउवाले नेताहरुलाई बताएअनुसार नेपालले विश्वासको मत दिनेमा कुनै शंका छैन । देउवासँगको भेटमा नेपालले आफूहरु नयाँ पार्टी गठन प्रक्रियामा अगाडि बढिसकेको कारण बिश्वासको मत दिएर एमालेबाट अलग भएको घोषणा गर्ने जानकारी दिनुभएको छ ।

देउवा निकट नेताका अनुसार नेता नेपालले विश्वासको मत नलिएसम्म सरकार विस्तार नगर्न आग्रह गर्दै आफूहरुसहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अवस्था आउने बताउनुभएको थियो । त्यसमा देउवाले सहमति जनाउनुभएको छ । त्यसैका लागि सरकारले माधवलाई सहज हुने गरी दल विभाजन सम्बन्धी ब्यवस्था गर्ने भएको छ ।

भेटमा माधवले पछिल्लो समय उपाध्यक्ष भीम रावलसहित कार्यदलमा रहेका सुरेन्द्र पाण्डे र गोकणर् बिष्ट भडकिएको भन्दै जे जे आश्वाशन दिएर हुन्छ आफूतिरै रहेर बिश्वासको मत दिने बातावरण तयारका लागि मनाउनसमेत देउवालाई आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया