हलेसी खबर
खोटाङ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा ७ गते बिहिबार श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाइएको हो ।
एमाले खोटाङको पार्टी कार्यालय अगाडि रहेको पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्दै मनाईएको स्मृति शभामा खोटाङ देखिएका एमालेका दुईवटै समुहका नेताहरु एकसाथ देखिएका छन् । केही समय अगाडि केपी ओली समुहमा देखिएका एमाले नेता कुमार आचार्य र माधव नेपाल समुहले जिल्ला अध्यक्ष तोकेका बबी चाम्लिङ कार्यक्रममा एकसाथ रहेका थिए ।
एमालेको जिल्ला कमिटिले आयोजनो गरेको कार्यक्रममा अध्यक्ष रामप्रसाद दंगाल लगाएतका नेता भने जिल्ला बाहिर रहेका छन् । कार्यक्रमपछि हलेसी खबरसँग कुरा गर्दै एमालेका प्रदेश सदस्य बबि चाम्लिङले खोटाङमा नेकपा एमाले भित्र दुई पक्ष नभएको बताए । उनले पार्टी भित्र आन्तरिक द्धन्द्ध सिर्जना भएको भने स्विकार गरेका छन् ।
‘तर त्यो आन्तरिक द्धन्द्ध मिलाउनका लागि नेताहरु लागि रहनु भएको छ ।’ नेता राईले भने, ‘नेकपा एमाले भित्रको आन्तरीक द्धन्द्ध हल भएर एकता बद्व हुन्छ । ढुक्क हुनु हाम्रो पार्टी अगाडि बढ्छ ।’ आजको दिनमा हामी सबैले एउटै अठोट गरेका छौँ ।
विगत कमि कम्जोरिहरुलाई सच्याउँदै समानताको आधारमा सम्मानजनक र एकताबद्द एमालेको निर्माण अबको हाम्रो बाटो हो भन्दै चाम्लिङले सुखी नेपाली समृद्द नेपाल भन्ने मुल मन्त्रलाइ सफल पार्न प्रतिबद्व भएर अगाडि सबैसँग आग्रह गरेका छन् ।
देशैभर नेकपा एमालेको पार्टी एकता कायम गर्न एमालेका नेताहरु लागिपरेको एमालेका ओली समुहमा खुलेका नेता कुमार आचार्यले बताए । ‘देशैभर पार्टी एकता हुन सकेन भने हामी खोटाङमा एमालेको एकता कायम गरेर पार्टीलाई अगाडि बढाउने छौँ ।’ उनले भने । कार्यक्रममा नेकपा एमालेका नेताहरु सनमान खड्का, गोपि खड्का, सुरेन्द्र राई, आधिकारिक ट्रेड युनियनका अध्यक्ष, शिक्षक संगठनका पदाधिकारी, वुद्दिजिबी व्यापारी र कमिटिका नेतातथा कार्यकताको उपस्थिति रहेको थियो ।
खोटाङमा भने जिल्ला कमिटि स्थानिय तह जनबर्गिय संगठन लगाएतमा संस्थापन पक्षको बाहुल्यता रहेको छ ।