काठमाडौँ, साउन २२ । चौथोपटक प्रधानमन्त्री बनेका कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा नीजि सचिवालयको नाममा नेपालको इतिहासकै सवैभन्दा बढी खर्च गर्नुभएको छ । पूर्वराजा ज्ञानेन्द्र बाहेक प्रधानमन्त्रीको रुपमा देउवाले सवैभन्दा बढी राज्यको ढुकुटी रित्याउने कार्य गर्नुभएको छ ।
२०४८ देखी हालसम्मका प्रधानमन्त्रीले आफ्नो सचिवालयमा गरेको खर्च हेर्दा देउवाले सवैभन्दा बढी गरेको पाइएको छ । त्यस्तै सवैभन्दा कम खर्च गर्ने प्रधानमन्त्रीको रुपमा स्व। मनमोहन अधिकारी रहनुभएको महालेखा परिक्षकको प्रतिवेदनले जनाएको छ । स्व. अधिकारीले तीन करोडमात्र खर्च गर्नुभएको छ ।
देउवा पछि दोस्रोमा बढी खर्च गर्ने प्रचण्डले ६९ करोड खर्च गर्नुभएको छ । त्यस्तै माधव कुमार नेपालले ५० करोड खर्च गर्नुभएको छ । यसरी सवैको खर्चलाई हेर्ने हो भने जनताले तिरेको करबाट प्रधानमन्त्रीले मुलुकमा लुटतन्त्र मच्चाएको प्रष्ट देख्न सकिन्छ ।
जनता टाइम्स डटकमबाट