एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

0 Shares

खोटाङ,२३ साउन । नेकपा एमालेका सचिव, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । सचिव भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा शनिबार काठमाडौंमा निधन भएको हो ।

मृतक महेन्द्रादेवीलाई केही दिनअघिमात्र कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । सचिव भट्टराईकी मृतक आमाप्रति विभिन्न राजनितीक दलका नेता तथा शुभचिन्तकहरुले श्रद्धाञ्जली दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया