एमाले जिल्ला सदस्य र माओवादी पालिका सह-इन्चार्जसहित १०५ जना काँग्रेसमा प्रवेश

0 Shares

चितवन,२३साउन ।नेकपा एमाले चितवन जिल्ला सदस्य र माओवादी केन्द्र इच्छाकामना गाँउपालिका सह-इन्चार्ज सहित १०५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमाले जिल्ला सदस्य चन्द्रबहादुर सुनार र माओवादी केन्द्र इच्छाकामना गाँउपालिका सह-इन्चार्ज चन्द्रबहादुर प्रजासहित विभिन्न पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

शनिवार इच्छाकामना गाँउपालिकामा आयोजित कार्यक्रम मार्फत नेपाली काँग्रेस चितवनका जिल्ला सभापती जीत नारायण श्रेष्ठले उनिहरुलाई टिका लगाएर पार्टी प्रवेश गराउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला सभापती जीत नारायण श्रेष्ठले काँग्रेस चितवनमा प्रवेशको लहर चलेको बताउनुभयो । उहाँले जिल्ला हरेक पालिकामा विभिन्न पार्टीका कार्यकर्ता काँग्रेस प्रवेश गर्न आत्तुर भएको भन्दै पार्टीले अभियानको रुपमा प्रवेश कार्यक्रम संचालन गर्ने बताउनुभयो ।

नेपालीहरु कम्युनिष्टबाट अजित भएका कारणपनि काँग्रेसप्रति आकर्षण बढेको जिल्ला सभापति श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“देशको विकास र निकास काँग्रेसबाट मात्र सम्भव रहेको छ”

कार्यक्रममा पार्टी जिल्ला सचिव उत्तम जोशी, पार्टी महासमिति सदस्य तथा इच्छाकामना गाँउपालिका अध्यक्ष गीत गुरुङ,महासमिति सदस्य सुवोध प्रधान,विजय भुसाल,क्षेत्रिय सभापती भरत लामिछाने,जिल्ला सहसचिव सुर्य अर्याल,इच्छाकामना गाँउपालिका पार्टी सभापती तथा गाँउपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया