माधव-झलनाथको पद खारेज गर्न बामदेवको प्रस्ताव

0 Shares

फाइल तस्वीर

काठमाडौं, २५ साउन। एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाउन प्रस्ताव गर्नुभएको छ । बिधानबारे सुझाव लिन अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिकरूपमा आयोजना गर्नुभएको छलफलमा उपाध्यक्ष गौतमले यस्तो सुझाव राख्नुभएको हो ।

गौतमले विधानमा अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीमात्र रहनु ठीक हुने बताउनु भएको छ । गौतमले वरिष्ठ नेता पद राख्दा गुटबन्दीको नेतृत्व त्यहिँबाट हुने र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई काम गर्न गाह्रो हुने भन्दै विधान महाधिवेशनबाट वरिष्ठ नेता भन्ने पद राख्न नहुने बताउनु भएको हो । हाल एमालेका अध्यक्षपछि दोस्रो वरियतामा निवर्तमान अध्यक्ष वरिष्ठ नेताका रूपमा पदाधिकारीको हैसियतमा रहने व्यवस्था छ ।

एमालेको विधानअनुसार हाल वरिष्ठ नेता झलनाथ खनाल हुनुहुन्छ । तर, माधव नेपाललाई पनि वरिष्ठ नेताकै हैसियत दिइएको छ । सो बिषयमा वामदेवको असहमति रहेको यो प्रस्तावले प्रष्ट पारेको छ । एमालेको २०७५ जेठ २ को अन्तिम बैठकसम्म नेपाललाई पार्टी नेताको रुपमा माइन्युटमा हस्ताक्षर गराइएको छ । उपाध्यक्ष गौतमले अव यस्ता गुटबन्दी गर्ने पद राख्न नहुने अडान लिनुभएको हो ।

गौतमले प्रत्यक्ष निर्वाचित पदाधिकारीको ब्यवस्था पनि हटाउनु पर्ने सुझाव राख्नुभएको तथ्य यसअघि नै बाहिर आइसकेको छ ।

तपाईको प्रतिक्रिया