खोटाङ : ५० वर्ष माथिकालाई सोमबार र मंगलबार जोन्सन एण्ड जोन्सन खोप दिईने

0 Shares

खोटाङ,२५ साउन । खोटाङमा ५० वर्ष माथिकालाई आज (सोमाबार) र भोली मंगलबार जोन्सन एण्ड जोन्सन खोप दिईने भएकोे छ । दश स्थानीय तह रहेको जिल्लामा ७९ वटा स्वास्थ्य संस्थावाट खोप दिन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

करिब सात हजार पाँच सय डोज जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समुह र खोप उपलब्धताको आधारमा कोभिड १९ विरुद्ध खोप लगाउन बाँकी सबै नागरिकलाई खोप दिइने जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देल बताउनुभयो ।

प्रमुख सिग्देलका अनुसार “बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप सबै नागरिकलाई दिइने छ,” उहाँले भन्नुभयो,“खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण पत्र, सो नभएमा गाउँपालिका, वडाबाट उमेर प्रमाणित हुने कागजात तथा खोप अनिवार्य गरेको देशमा जाने नागरिकले पासपोर्ट र भिसाको आधारमा खोप केन्द्रमा पुगेर खोप लगाउन सक्नेछन् ।”जोन्सन एण्ड जोन्सन खोप एक डोज लगाए पुग्ने स्वास्थ्य मापदण्ड छ ।

तपाईको प्रतिक्रिया