भदौ १ बाट १० गते सम्म दिक्तेल बजार लकडाउन

0 Shares

खोटाङ,२७ साउन। कोरोना संक्रमण दिनप्रतिदीन उल्लेख्य रुपमा वृद्धि हुँदै गएपछी दिक्तेल बजारलाई लकडाउन गर्ने तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना संक्रमण ह्वात्तै बढेपछी नगरपालिकालाई पूर्ण रुपमा बन्द गर्ने तयारी गरिएको हो ।

बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालको अध्यक्षतामा राजनीतिक दल, सुरक्षा निकाय, उद्योग ब्यबसायी, यातायात ब्यबसायी, होटल ब्यबसायी लगायत नगरपालिकामा बसेको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आगामी भदौ १ गतेदेखि १० गतेसम्मका लागि नगरपालिकालाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

सो निर्णयले भदौ १० गतेसम्म आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका अन्य सामग्रीको ब्यबस्था मिलाउन नगरबासीलाई आग्रह गरेको छ ।
नगरप्रमुख रिजालका अनुसार संक्रमण अत्याधिक मात्रामा बढेको, धेरै भन्दा धेरैले खोप लगाएको र खोप लगाएकै मानिसमा कोरोना लाग्ने संम्भावना बढी भएकाले लकडाउन गर्नु परेको हो।”

लकडाउनमा बजार ढलान बाहेकका अन्य विकास निर्माणका कामहरु पूर्णरुपमा बन्द हुनेछन्। बजार ढलान गर्ने कामदारहरुको एन्टीजेन परीक्षण गराएर मात्रै काममा लगाइने जनाइएको छ।

पछिल्लो समय खोटाङमा कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा पुःन संक्रमण दर तिव्र गतिमा बढ्न थालेसँगै खुला आवत–जावत, स्वास्थ्य सुरक्षाको पालनामा स्थानीयले बेवास्ता गरेकै कारण संक्रमण दर बढेको पाइएको हो ।

हाल हाटबजार, होटल तथा पसल, सरकारी तथा गैर–सरकारी कार्यालयमा स्वास्थ्य सुरक्षाको पालनामा बेवास्ता गर्न थालिएसँगै संक्रमित क्षेत्रसँगको सिधा यातायात सम्पर्कका कारण पनि संक्रमण फैलिएको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया