विराटनगर,२९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ जना र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४, धनकुटामा १२, इलाममा ११, तेर्हथुममा ५, संखुवासभा र भोजपुरमा ४-४, उदयपुरमा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।
झापाको दमकमा २९, विर्तामोडमा २६, भद्रपुरमा २४, कनकाईमा २१, अर्जुनधारामा ११, मेचीनगरमा ६, शिवसताक्षीमा ५, गौरादह र कमल गाउँपालिकामा ४-४, बुद्धशान्तिमा ३, हल्दिबारी, बार्हदशी र झापा गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा ५५, धरानमा ४१, इनरुवा, रामधुनी र बराहक्षेत्रमा ३-३, दुहवी, गढी र बर्जुमा १-१ जनामा कोरोना देखिएको छ ।
त्यस्तै, मोरङको विराटनगरमा ४१, बेलबारीमा १८, उर्लाबारी र पथरीशनिश्चरेमा १३-१३, बुढीगंगा र मिक्लाजुङमा ४-४, लेटाङ, सुन्दरहरैचा र ग्रामथानमा २-२, केराबारी, कानेपोखरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा १० र पाख्रिवासमा २ जनामा कोरोना पुष्टि भएको छ ।
इलामको इलाम नगरपालिकामा ५, चुलाचुली, सुर्योदय र स्थानीय तह नखुलेका २-२, तेह्रथुमको म्याङलुङमा ४ र फेदापमा १, संखुवासभाकोे खाँदबारी र धर्मदेवीमा १-१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्के मयुङमा १, उदयपुरको त्रियुगामा २ र स्थानीय तह नखुलेका १, पाँचथरको फाल्गुनन्द र फिदिममा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय महिला र ३७५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालउले जनाउको छ ।